पूजापाठ गरी आज प्रधानमन्त्री देउवा बालुवाटार सर्दै

पूजापाठ गरी आज प्रधानमन्त्री देउवा बालुवाटार सर्दै
Share this

आज प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । गत मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिनुभएका उहाँ आज बालुवाटार सर्न लाग्नु भएको हो । सबै जसो काम गर्दा शुभ साइत हेर्ने उहाँले आज पनि साइत पारेर बालुवाटार सर्न लाग्नु भएको बुझिएको छ ।
साउने सङ्क्रान्ति पनि परेकाले पूजापाठ गरेर उहाँ आज सरकारी निवास जाने निजी सचिवालयले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरिसक्नु भएको छ ।

अन्तिम अपडेट: 2021-July-16 समय 8:56 AM

217 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com