नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितका सदस्यमाथि आक्रमण

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितका सदस्यमाथि आक्रमण
Share this

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यम श्यामकुमार घिमरेमाथि आक्रमण भएको छ ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका घिमिरेमाथि सदस्यता छानबिन स्थलमै उपस्थितभै केही व्यक्तिहरुलेआक्रमण गरेको नेपाली कांग्रेसले जनाएको छ । उनीहरु पनि नेपाली कांग्रेसकै कार्यकर्ता भएको जानकारीमा आएको छ ।
सांगठनिक काममै खटिएको समयमा कार्यस्थमै अमानविय आक्रमण भएको भन्दै नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यसरकी आक्रमणमा उत्रिने व्यक्ति कांग्रेसको अनुशासित कार्यकर्ता हुन नसक्ने बताएका छन् ।
यस घटनालाई पार्टी पदाधिकारीको शुक्रबार बसेको बैठकले गम्भीर रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै छोटो समय र कोरोना महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले गरेको कामको पदाधिकारी बैठकले प्रशंसासमेत गरेको छ ।

 

अन्तिम अपडेट: 2021-July-17 समय 8:46 AM

69 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media