केही ठाउँमा ठूलो वर्षाको सम्भावना – आज प्रदेश१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका

केही ठाउँमा ठूलो वर्षाको सम्भावना – आज प्रदेश१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका
Share this

यतिबेला प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
आज प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । वाग्मती प्रदेशमा आज भने हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । त्यस्तै, आज राति पनि प्रदेश-१, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।
भोलि पनि देशभरको मौसम बद्ली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । अबका केही दिन सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: 2021-July-19 समय 8:10 AM

112 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com