ट्रक र बस एक आपसमा जुध्दा पाकिस्तानमा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

ट्रक र बस एक आपसमा  जुध्दा पाकिस्तानमा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक बीच दुर्घटना हुदा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला तथा बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । जसमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको डेरा गाजी खान नजिकै हाइवेमा भएको हो ।
डन न्यूजका अनुसार बस सियालकोटबाट राजनपुरतर्फ जाँदै थियो । इलाकाका कमिश्नर डा. इरशाद अहमदले घटनास्थलमा राहत र उद्धारकर्मी पुगेको जानकारी दिए । शव र घाइतेलाई अस्पताल पुर्याइएको छ ।
दुर्घटनामा घाइते भएका मानिसहरु ईदमा आफ्नो घर गइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *