कोरोना महामारी भएपनि मुस्लिम तीर्थयात्री हजका लागि आज मक्कामा भेला

कोरोना महामारी भएपनि मुस्लिम तीर्थयात्री हजका लागि आज  मक्कामा भेला

कोरोना महामारी भएपनि आज हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् ।
इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा आज उनीहरु हज गर्न भेला भएका हुन् ।यस वर्ष हजका लागि अघिल्लो वर्षभन्दा कम सङ्ख्यामा तीर्थयात्री मक्का पुगी उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएका समाचार संस्था अल जजीराले जनाएको छ ।
गएको वर्ष हज मनाउन विश्वभरका करिब २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए भने यसवर्ष साउदी सरकारले कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति दिएको छ ।
यसवर्ष कारोब १० हजारको सङ्ख्यामा तीर्थयात्री मक्का पुगिसकेको खबरमा उल्लेख छ । खोप नलगाउनेहरुलाई प्रवेश दिइएको छैन । यसअघि ईदकै लागि बङ्गलादेशले एक हप्ता लकडाउन खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *