कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिने, कहिले गर्ने भन्नेबारे आज बैठक बस्ने

कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिने, कहिले गर्ने भन्नेबारे आज बैठक बस्ने
Share this

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालनका लागि अनुमति दिएको छ ।
कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले चासो नदेखाएको भन्दै चर्को आलोचना भएपछी सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।
शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताउनुभयो । सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ ।
आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । यही महिनाको अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ। कक्षा १२ मा करिब पौने चार लाख विद्यार्थी छन् ।
गएको जेठमा तय गरेको परीक्षा कोभिड-१९को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी छ । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।

अन्तिम अपडेट: 2021-July-20 समय 7:56 AM

160 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com