आज ठूलो वर्षाको सम्भावना पूर्वी क्षेत्रका केही ठाउँमा

आज ठूलो वर्षाको सम्भावना पूर्वी क्षेत्रका केही ठाउँमा
Share this

आज प्रदेश-१, प्रदेश-२ लगाएत देशका केही भू – भागमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।
मनसुनी वायुको प्रभाव पूर्वी क्षेत्रतर्फ सरिरहेकाले त्यसतर्फ धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार आज र भोलि नै पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ । केही दिनयता पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको थियो ।
आज विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पर्सि बिहिवारदेखि भने केही दिन कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: 2021-July-20 समय 8:04 AM

97 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com