इराकको राजधानी बग्दादमा बम विस्फोट, करिब २५ जनाको ज्यान गयो

इराकको राजधानी बग्दादमा बम विस्फोट, करिब २५ जनाको ज्यान गयो

इराकको राजधानी बग्दादमा ठुलो बम विस्फोट भएको छ भने विस्फोटमा परि कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका इराकको सुरक्षा निकायले जनाएको छ ।
महिला तथा बालबालिकाले पनि विस्फोटमा परि ज्यान गुमाएका छन् । मुस्लिम धर्मावलम्बीले इद पर्वको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो ।विस्फोट व्यस्त बजारमा भएको थियो । केही पसलहरुमा समेत आगलागी भएको छ । इस्लामिक स्टेट आईएस समूहले घटनाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
पछिल्लो ६ महिनामा बग्दादमा भएको यो सबैभन्दा घातक घटना भएको बीबीसीले जनाएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जिहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । तर गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *