बाढीको कारण कम्तीमा १२ जनाको ज्यान गयो

बाढीको कारण कम्तीमा १२ जनाको ज्यान गयो

चीनमा भिष्ण वर्षा कारण आएको बाढीमा प्रभावितमापरि दश हजार भन्दा बढी नागरिकको उद्धार गरिएको छ । ​हेनान प्रान्तका उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।मध्य चीन बाढी आएसँगै मानिसहरू घर छोड्न बाध्य भएका छन् । रेल स्टेशन र सडक डुबानमा परेका छन् । मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन् । बाढीमा कम्तीमा १२ जनाको ज्यान गएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ ।
करिब ९ करोड ४० लाख जनसङ्ख्या रहेको हेनान प्रान्तमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ । बाढी आउनुमा धेरै कारणहरु हुनसक्ने भएपनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम तीव्र बनाएको विज्ञले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *