यातायात व्यवसायीको र्‍यालीले यात्रु मर्कामा

यातायात व्यवसायीको र्‍यालीले  यात्रु मर्कामा
Share this

यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍यालीले गर्दा काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।

भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै व्यवसायीले चक्रपथमा र्‍याली निकालेका छन् । र्‍यालीका कारण काटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन ।
कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग उनीहरुले राखेका छन् । उनीहरुले एकान्तकुनामा रहेको यातायात कार्यालय घेराउ गर्ने बताएका छन् । व्यवसायीको विरोध र्‍यालीका कारण यात्रु भने समस्यामा परेका छन् ।

अन्तिम अपडेट: 2021-July-22 समय 12:01 PM

40 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media