मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ देखि आईपीओ जारी गर्ने भएको छ

मैलुङ खोला जलविद्युत कम्पनीले  साउन १४ देखि आईपीओ जारी गर्ने भएको छ
Share this

सात लाख ३६ हजार २८६ कित्ता आईपीओ मैलुङ खोला जलविद्युत कम्नीले जारी गर्ने भएको छ । साउन १४ उक्त बिक्री खुला गरिने आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ ।
प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ । आइपिओ बिक्री छिटोमा साउन १८ गतेसम्म र ढिलोमा साउन २८ गते बन्द हुने कम्पनीले जनाएको छ । आइपिओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

 

अन्तिम अपडेट: 2021-July-22 समय 1:12 PM

242 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com