परीक्षार्थीहरुलाइ ध्यान दिँदै लामो दूरीका गाडी सञ्चालनको तयारी

परीक्षार्थीहरुलाइ ध्यान दिँदै लामो दूरीका गाडी सञ्चालनको तयारी
Share this

गृह मन्त्रालयले परीक्षार्थीहरुका लागि खयाल गरि जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक गाडी सञ्चालनमा सहजीकरण गर्ने भएको छ ।
लोकसेवा आयोग, विश्वविद्यालय तथा कक्षा १२ को समेत परीक्षाको तालिका सार्वजनिक भएकाले देशका विभिन्न भू -भागबाट परीक्षार्थीको आवागमनलाई ध्यान दिँदै गाडी सञ्चालनमा सहजीकरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे आजै टुङ्गो लगाउने तयारी छ । यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडीलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो । तर, लामो दूरीको यातायात सञ्चालन गर्नेबारे निर्णय भएको थिएन ।

अन्तिम अपडेट: 2021-July-23 समय 8:00 AM

191 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com