Breaking News

यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

सिनियर राष्ट्रिय टोलीका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै एसिसी यु-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

युनाइटेड अरब ईमिरेट्स (युएई) मा हुने प्रतियोगिताका लागि प्रशिक्षक जगत टमाटाले देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।प्रशिक्षक टमाटाले टोलीमा तीन परिवर्तन गरेका छन् ।

विश्वकप छनोट र एसिसी प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक टोलीमा छैनन् ।उनीहरुको स्थानमा गुल्सनसहित तिलकराज भण्डारी र ब्याटर विपिन रावल टोलीमा आएका छन् ।

तिलकले बागमती र विपिनले कर्णालीको सिनियर टोलीबाट खेलिसकेका छन् ।प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् । प्रतियोगिता डिसेम्बर ८ देखि १७ सम्म यूएईमा हुने तालिका छ ।

About असल खबर

Check Also

लण्डन म्याराथनमा दौडिँदै नेपाली युवा कुशल दीक्षित

काठमाडौं, ७ बैशाख । नेपालका २० वर्षीया युवा कुशल दीक्षितले लण्डन म्याराथनमा भाग लिने भएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *