बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णयहरु
बागमती प्रदेश सरकारले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० लाई स्वीकृत गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले जानकारी दिनुभयो ।
मानव सुचांक भन्दा तल परेका वडामा यो कार्यक्रम लागू गरिने मन्त्री लामाले बताउनुभयो । गत आर्थिक वर्षदेखि लागु भएको नमुना वडा समाजवादी कार्यक्रम चालु आर्थिक वर्षमा समेत कार्यान्वयन गर्ने गरी १५ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यन्याधिबक्ताको कार्यालय, प्रदेश सभा सचिवालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको
छ ।
बैठकको प्रदेशका १३ जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यका र अन्य ९ जिल्लामा लेखा इकाई कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
योजना तथा बिकास निर्माण कार्यको भुक्तानी लिन हेटौंडा आउनुपर्ने आउनुपर्न बाध्यता हटाउन तथा सम्बन्धित जिल्लाबाट नै सहज रुपमा सेवा प्रवाह गर्नु प्रदेश लेखा इकाई कार्यालय स्थापनाको निर्णय गरिएको मन्त्री लामाले बताउनुभयो ।
साथै बैठकले मानव बेचविखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेश स्तरीय संरक्षण सम्बन्धी नीति २०८० तथा बागमती प्रदेश बालबालिका सम्बनधी निती स्वीकृत गर्ने निर्णय गरेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १६, शुक्रबार‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै ट्रेन्डिङको पहिलो नम्बरमा
- समाचार२०८० चैत्र १६, शुक्रबारमौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारकम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित