भारतबाट भन्सार छलेर नेपाल भित्रेका ४० राँगा बरामद

भारतबाट भन्सार छलेर नेपाल भित्रेका ४० राँगा बरामद
Share this

असल खबर।   प्रहरीले लाखौँको अवैध राँगा सप्तरीको सुरुङ्गा नगरपालिका-१० मा रहेकाे बलान खोलाबाट बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सप्तरी प्रहरीले करिब १ लाख ६० हजार मूल्य बराबरको ४० वटा राँगा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाका अनुसार इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले बलान खोलाको पश्चिमी किनाराबाट राँगा बरामद गरेकाे हाे ।
थप अनुसन्धानको लागि बरामद गरेका राँगालाई राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: 2021-July-28 समय 8:21 AM

77 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media