कोरिया भाषा परीक्षा पास गरेकालाई जति सक्दो छिटो लैजान सँग अर्थ मन्त्री शर्माको आग्रह

कोरिया भाषा परीक्षा पास गरेकालाई जति सक्दो छिटो लैजान सँग अर्थ मन्त्री शर्माको आग्रह
Share this

असल खबर– अर्थ मन्त्री जनार्दन शर्मासँग आज बुधवार नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सकले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।
कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै नै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गर्नुभयो । ‘ईपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बेरोजगार बसेका छन् । यस समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’, मन्त्री शर्माले भन्नुभयो ।
जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले सक्दो पहल गर्ने वचन दिनुभयो ।नेपालीहरूको मेहनत र इमानदारिताबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
भेटका क्रममा अर्थ मन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली नागरिककाे तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: 2021-July-28 समय 3:58 PM

313 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com