‘कोप’ २८ मा सहभागी भएर प्रधानमन्त्री आज स्वदेश फर्कंदै
काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै हुनुहुन्छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी सम्मेलनमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर १३ गते त्यसतर्फ जानुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई हिजो सम्बोधन गर्नुभएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जलवायु उत्सर्जनमा शून्य योगदान रहेका मुलुकहरूले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोग्नुपरेको बताउनुभयो ।
प्रधानमन्त्रीले ‘जलवायु परिवर्तन प्रकृति र मानवता विरुद्धको युद्ध’ भएको र आफ्नो स्वार्थ पूरा गर्नका लागि हामी आफैँ र भावी पुस्तासँग समेत लडिरहेको उल्लेख गर्नुभयो । उहाँले मानवजातीका लागि हिमाल बचाउन आह्वान गर्दै निर्दोष जनताका लागि जलवायु न्यायको पक्षमा नेपाल उभिएको प्रष्ट पार्नुभयो ।
जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताबाट नेपाललाई बहुपक्षीय लाभ भएको विश्लेषण गरिएको छ ।
जलवायु मुद्दामा नेपाल अन्यायमा परेको विषय विश्व समुदायलाई जानकारी गराउन, यूएईमा रहेका नेपालीहरुको समस्या पहिचान गरी समाधानको उपाय निकाल्न र यूएईका लगानीकर्ताहरुमाझ नेपालको लगानीमैत्री वातावरण बारे जानकारी गराउन प्रधानमन्त्रीको भ्रमण फलदायी भएको विश्वास गरिएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८० चैत्र १६, शुक्रबारसर्वोच्चद्वारा काँग्रेस सांसद टेकबहादुर गुरुङमाथिको निलम्बन फुकुवा
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १६, शुक्रबारसफल ब्यापारका साथ दोस्रो सातामा ‘महाजात्रा’
- समाचार२०८० चैत्र १६, शुक्रबारबागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने
- खेलकुद२०८० चैत्र १६, शुक्रबारहेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने