सप्तरीमा रहेको छिन्नमस्ता शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी

सप्तरीमा रहेको छिन्नमस्ता शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी
Share this

असल खबर – सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको प्रख्यात छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएको छ ।

हिजो बेलुका सवा ७ बजेतिर चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायब निरीक्षक रामपुकार महतोले जानकारी दिनुभयो ।

उहाका अनुसार पुजारीहरु पोखरीको सरसफाइमा लागेको बखत मुकुट चोरी भएको हो। यो घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो ।
चाँदीको मुकुटको खोजीका लागि भारतीय सीमानाका बन्द गरिएको छ ।

अन्तिम अपडेट: 2021-August-02 समय 8:33 AM

35 पटक पढिएको
Share this