आज प्रदेश-१, वाग्मती तथा गण्डकी प्रदेशका केही भू -भागमा ठूलो पानी पर्ने

आज प्रदेश-१, वाग्मती तथा  गण्डकी प्रदेशका केही भू -भागमा  ठूलो पानी पर्ने
Share this

असल खबर – आज प्रदेश-१ तथा वाग्मती र गण्डकी प्रदेशका केही भू -भागमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
प्रदेश-१ तथा वाग्मती प्रदेशको पूर्वी क्षेत्रमा अहिले केहि समय पछि नै वर्षा हुने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । वाग्मतीका अन्य क्षेत्रमा भने दिउँसो पछि पानी पर्नेछ ।
यतिबेला काठमाण्डौको मौसम भने सफा छ । तर, बेलुका र राति पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । त्यस्तै, आज बेलुका नै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।
देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: 2021-August-02 समय 8:42 AM

8 पटक पढिएको
Share this