चोरी भएको छिन्नमस्ता देवीको मुकुट अहिले भेटियो

चोरी भएको छिन्नमस्ता देवीको मुकुट अहिले भेटियो
Share this

असल खबर – नेपालकै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको मुकुट यतिबेला फेला परेको छ । मुकुट चोरी गर्ने व्यक्ति पनि पक्राउमा परेका छन् ।
आइतबार साँझ छिन्नमस्ताको चाँदीको मुकुट चोरी भएको थियो । चोरी भएको मुकुट विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
उहाका अनुसार मुकुट बोकेका मान्छे गाउँमा घुमिरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो । ‘नियन्त्रणमा लिएको व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको कुरा आइरहेको छ’ एसपी धमलाले भने, यसलाई हामी थप अनुसन्धान गरिरहेका छौं ।’
छिन्नमस्ता गाउँपालिका ३ स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मूर्तीबाट मुकुट चोरी भएपछि खोजीका लागि भारतीय सीमा समेत सिल गरी चोर खोज्ने काम गरिएको थियो ।
मुकुट चोरी भएको सूचना आएपछि प्रमुख जिल्ला अधिकारीजयनारायण आचार्यसहित सुरक्षा अधिकारी राति छिन्नमस्ता मन्दिर पुगेका थिए ।
मन्दिरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । तर, २०७७ साल असार महिनामा बिग्रेको यो क्यामेरा मर्मत गराउनेतर्फ कसैले ध्यान दिन सकेको छैन ।

 

अन्तिम अपडेट: 2021-August-02 समय 8:56 AM

13 पटक पढिएको
Share this