जेठ महिनायता मनसुनजन्य विपदका कारण ६६ जनाको मृत्यु, ४० जना बेपत्ता

जेठ महिनायता मनसुनजन्य विपदका कारण  ६६ जनाको मृत्यु, ४० जना बेपत्ता
Share this

असल खबर – गएको जेठ महिनायतासम्म मनसुनजन्य बिपतका कारण ६६ जनाको मृत्यु हुनुका साथै ४० जना बेपत्ता भएका छन् । घटनामा ८१ जना घाइते भएका छन् ।
यद्यपि यो तथ्यांक भने गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरेका हुन् ।
मन्त्री खाँणका अनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएका छन् । बिभिन्न ४० जिल्लामा ६१९ घर पूर्णरुपमा र १६२ घर आंशिक रुपमा क्षति भएको मन्त्री खाँणले जानकारी दिए ।

अन्तिम अपडेट: 2021-August-02 समय 2:40 PM

106 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com