मनाङका हरेक घर परिवारका बाढीपीडितलाई राहत वितरण

मनाङका हरेक घर परिवारका बाढीपीडितलाई राहत वितरण
Share this

असल खबर – पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई ३० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएका छन् ।
मनाङका हरेक घरपरिवारलाई लाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री उहाहरुले राहतस्वरुप उपलब्ध गराएका हुन् । मनाङका चारवटै गाउँपालिकाका लागि उहाहरुले राहत वितरण गरेका छन् । उनीहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुर्‍याएका थिए ।
मौसम खराबीका कारण खाद्यान्न पुर्‍याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए । त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेंसीशहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।

पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम मोलेर राहत उपलब्ध गराएकाले आफूलाई अभिभावक नै पाएको अनुभूति भएको बताए ।

नासो गाउँपालिकाकी उपाध्यक्ष कमलमाया गुरुङले बाढीका कारण गाउँपालिका कार्यालय बगाएकाले सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको बेला राहत आउँदा खुशी लागेको बताइन् ।

अन्तिम अपडेट: 2021-August-02 समय 3:07 PM

5 पटक पढिएको
Share this