गुल्मीमा मास्क नलगाई हिंड्नेलाइ प्रहरीले कारबाही गर्यो

गुल्मीमा मास्क नलगाई हिंड्नेलाइ प्रहरीले कारबाही गर्यो
Share this

असल खबर – मास्क नलगाई हिंड्ने १६ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले कारबाही गरेको छ । फरक फरक ठाउमा गरिएको छड्के चेकजाँचका क्रममा मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ । जसअन्र्तगत मास्क नलगाउनेहरुमाथि प्रहरीले निगरानी बढाउँदै आएको छ ।
प्रहरीले ६९३ जनालाई मास्क किनेर लगाउन लगाइएको जनाएको छ । त्यस्तै १५० जनालाई मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
यस्तै गुल्मीमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । केही हप्ता खुकुलो बनाइएको निषेधाज्ञालाई पूर्ण रुपमा कडाइ गर्दै समय थपिएको हो ।

 

अन्तिम अपडेट: 2021-August-08 समय 2:03 PM

124 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com