बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु
Share this

असल खबर–  आज रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु यात्रु बोकेको गाडी दुर्घटना हुँदा एक यात्रुको जना ज्यान गएको छ ।
चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ ।
बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना५च ३१६६ नम्बरको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जना तीर्थालुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहान ४ बजे भएको दुर्घटनामा परेर बारा गढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँच जना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर- १ नुनथर जाने बाटो को नहरमा दुर्घटना भएको हो ।
नहरमा खसेका १३ जनाको प्रहरीले उद्धार गरेको छ । गाडीमा करिब २० जना सवार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

अन्तिम अपडेट: 2021-August-09 समय 8:31 AM

227 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com