रामचन्द्र पौडेलको आरोप देउवाले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्‍याए

रामचन्द्र पौडेलको आरोप देउवाले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्‍याए
Share this

असल खबर–  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशनको मिति पटकपटक सार्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उहाले पार्टी विधानले चार वर्षको कार्यकाल तोकेकोमा देशको संविधानलाई समातेर म्याद थप गरिएको र थपिएको समयमा पनि महाधिवेशन गर्न नखोजिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। उहाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संविधानको व्यवस्थालाई टेकेर भदौमा गर्ने भनिएकोमा फेरि पनि मिति सारेर कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पु¥याइएको टिप्पणी गरे।
पछिल्लोपटक तोकिएको समयमा पनि महाधिवेशन नहुने देखिएपछि पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि कटाक्ष गर्दै सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुगेको उल्लेख गरे।
वरिष्ठ नेता पौडेलले लेख्नु भएको छ, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ? यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्।’

अन्तिम अपडेट: 2021-August-09 समय 8:47 AM

78 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media