मनसुन थप भोलिदेखि सक्रिय हुने

मनसुन थप भोलिदेखि सक्रिय हुने
Share this

असल खबर -हिजोको भन्दा आज धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

त्यस्तै आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । अरु भू -भागमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । यस्तै, आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
भोलिदेखि भने झन् मनसुन थप सक्रिय हुने भएकाले धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: 2021-August-11 समय 9:18 AM

114 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media