पहिरो जाँदा भारतकाे हिमाञ्चल प्रदेशमा १० जनाको मृत्यु

पहिरो जाँदा भारतकाे हिमाञ्चल प्रदेशमा १० जनाको मृत्यु
Share this

असल खबर -भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा १० जनाको ज्यान मृत्यु
भएको । हालसम्म १४ जना घाइतेको उद्धार भएको छ । त्यहाँको राष्ट्रिय राजमार्गमा पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सडकमाथिको पहाड खस्दा यस्तो दुर्घटना भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । पहिरोमा गाडीलगाएत केही यात्रु पुरिएको आशङ्का गरिएको छ । पहिरो गएको जानकारी पाउना साथ राहत र उद्धारको टोली खटिएको त्यहाँको प्रशासनले जनाएको छ ।
पहिरो पछि पनि ठूला ढुङ्गा खसिरहेकाले उद्धारमा केही कठिनाइ भएको छ । हिमाञ्चल प्रदेशका मुख्मन्त्री जयराम ठाकुरले पहिरोमा पुरिएकाहरुको उद्धारका लागि हरसम्भव प्रयास गरिने बताउनु भएको छ । एजेन्सी 

अन्तिम अपडेट: 2021-August-12 समय 7:37 AM

155 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com