खाेप केन्द्रसम्म पुग्न नसक्नेहरूलाई घरमै पुगेर काेराेना खाेप लगाउन सर्वाेच्चकाे अन्तरिम आदेश

खाेप केन्द्रसम्म पुग्न नसक्नेहरूलाई घरमै पुगेर काेराेना खाेप लगाउन सर्वाेच्चकाे अन्तरिम आदेश
Share this

असल खबर-खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज शुक्रवार सरकारका नाममा यो आदेश जारी गरेको हो ।
अधिवक्ता प्रवेश केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै ज्येष्ठ नागरिकलाई कोरोना खोप सहज उपलब्ध गराउन माग गरेर रिट निवेदन दर्ता गराउनुभएको थियो ।
सर्वाेच्चले खोप केन्द्रसम्म जान नसक्ने नागरिक, अस्पतालले पहिचान गरेका दीर्घ रोगी तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्ने नागरिकलाई घरमै पुगेर खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।

अन्तिम अपडेट: 2021-August-13 समय 5:06 PM

140 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com