अष्ट्रेलियाको टिम घोषणा टी-२० विश्वकपका लागि

अष्ट्रेलियाको टिम घोषणा टी-२० विश्वकपका लागि
Share this

असल खबर – आउदो अक्टोबर १७ देखि यूएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियन टिम घोषणा भएको छ ।
क्रिकेट अष्ट्रेलियाले बिहीबार आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
टिमको उपकप्तानमा प्याट कमिन्स छन् । यस्तै अष्ट्रेलियाको टिममा एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन, मिचेल मार्श, स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन छन् ।
जोस इंग्लिस अनक्याप्ड प्लेअर हुन् ।
यस्तै तीन रिजर्भमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् ।

२०१६ पछि पहिलो पटक हुन लागेको टी-२० विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
अष्ट्रेलिया सुपर १२ को समूह १ मा रहेको छ । अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग पहिलो खेल खेल्दै टी २० विश्वकपको सुरुआत गर्नेछ ।

 

अन्तिम अपडेट: 2021-August-19 समय 2:16 PM

225 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com