अफगानिस्तानमा बसेका अमेरिकी सेना फिर्ताको समय बढाउँन दबाब

अफगानिस्तानमा बसेका अमेरिकी सेना फिर्ताको समय बढाउँन दबाब
Share this

असल खबर-अफगानिस्तानमा बसेका अमेरिकी सेना फिर्ताको समय लम्ब्याउन दबाब आएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक राख्ने या नराख्नेबारे छिट्टै निर्णय लिने बताउनुभएको छ ।यद्दपी राष्ट्रपति बाइडेनलाई साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नुपर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् ।
जी–सेभेनको शीर्ष बैठकमा यो विषय प्रमुख एजेण्डा बन्ने भएको छ । तालिबानले अर्को हप्ताभन्दा पछिसम्म अमेरिकी सेना बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् । पछिल्लो २४ घण्टामा झन्डै १६ हजार मानिसको उद्धार गरिएको छ ।
अगष्ट १४ यता उद्धार हुनेको सङ्ख्या ३७ हजार पुगेको छ । स्थल सीमाबाट पनि आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकी देशसँग पनि कुराकानी भइरहेको अधिकारीलाई उदृत गरि बीबीसीले जनाएको छ ।
यसअघि आफ्ना साझेदारबाट उद्धारको समयसीमालाई बढाउन माग गरिएको भए पनि अमेरिकाले उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि समयसीमा परिवर्तनको पक्षमा नरहेको जनाउँदै आएको छ ।
तालिबानले पनि समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । एजेन्सी 

अन्तिम अपडेट: 2021-August-24 समय 9:34 AM

51 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media