लिभरपुल र चेल्सीले बराबरी खेले इङ्ग्लिस प्रिमियर लिगमा

लिभरपुल र चेल्सीले बराबरी खेले इङ्ग्लिस प्रिमियर लिगमा
Share this

असल खबर -इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।
गएराति भएको खेलमा लिभरपुल र चेल्सीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यस्तै
पहिलो हाफको इन्जुरी समयमा भने लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । चेल्सीका डिफेन्डर रिस जेम्सले हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।
रेफ्रीले जेम्सलाई रातो कार्ड दिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

अन्तिम अपडेट: 2021-August-29 समय 8:56 AM

153 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com