काठमाण्डौ उपत्यकामा भोलिदेखि फिल्म हल र दोहोरी साँझसमेत खोल्न पाइने

काठमाण्डौ उपत्यकामा भोलिदेखि फिल्म हल र दोहोरी साँझसमेत खोल्न पाइने
Share this

असल खबर -भोलि बिहीवारदेखि काठमाण्डौ उपत्यकामा चलचित्र हल, दोहोरी साँझ (घर), डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् ।
काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ मा उल्लेख भएका मापदण्डहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताउनुभयो । मापदण्ड पालना भए/नभएको बारेमा अनुगमन हुने उहाँले बताउनुभयो ।
उपत्यकाको निषेधाज्ञा भदौ मसान्तसम्मका लागि थपिएको भए पनि भिडभाड हुने गरी सभा, जुलुस, भोजभतेर गर्न नपाइने जस्ता सामान्य व्यवस्थामात्र रहेका छन् ।

अन्तिम अपडेट: 2021-September-01 समय 6:32 PM

48 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media