अञ्जनले दिलाए नेपाललाई अग्रता मैत्रीपूर्ण खेलमा

अञ्जनले दिलाए नेपाललाई अग्रता मैत्रीपूर्ण खेलमा
Share this

असल खबर-भारतविरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका छन्। दशरथ रंगशालामा भएको पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई अग्रता दिलाएका हुन्।
भारतका डिफेण्डर र गोलकिपरको समन्वय अभावमा अञ्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन्। नेपाली टोलीको गोलपोस्ट किरण चेम्जोङले सम्हालेका छन् भने डिफेन्समा सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डमा तेज तामाङ, पुजन उपरकोटी, सुमन लामा छन्।
फरवार्डमा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान छन्। माल्दिभ्समा आउदो अक्टोबरमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप आज मैत्रीपूर्ण खेल भइरहेको हो। यी दुई टिमबीच आउदो आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ।

 

अन्तिम अपडेट: 2021-September-02 समय 6:42 PM

314 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com