Breaking News

चिसो छल्न बेंसी झर्न थालेपछि सुनसान बन्दै उपल्लो मुस्ताङ

म्याग्दी- हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासिन्दा चिसो छल्न बेंसी झर्न थालेका छन् । दैनिकजसो चिसो बढ्दै जान थालेपछि मुस्ताङवासी चिसो छल्न र त्यसबाट बच्नका लागि बेंसीतर्फ झरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै ८० प्रतिशत स्थानीयवासी चिसो छल्न बेंसी झरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

यसैगरी तल्लो मुस्ताङबाट पनि ५० प्रतिशतको हाराहारीमा स्थानीय सर्वसाधारणहरु चिसो छल्न बेंसी झरिसकेको उहाँले जानकारी दिनुभयो । अहिले पर्यटनका लागि अफसिजन भएकाले पनि मुस्ताङीहरु बेंसी झरेका हुन् ।

बेंसी झरेका मुस्ताङीले घर तथा होटलमा घरकुरुवा राखेर आफूहरु बेंसी झरेका छन् भने लेकलेकमा रहेका भेडीगोठहरु समेत घरको छेउछाउमा सारेका छन् । अहिले उपल्लो मुस्ताङमा घर कुर्ने कामदारहरु, भेडा गोठाला र बुढाबुढी मात्रै छन् ।

विगतको समयमा कात्तिक महिनामै बेंसी झर्ने गरेका मुस्ताङीहरु यसपटक भने कोरला नाका खुलेपछि उनीहरु बेंसी झर्न ढिलाई भएको थियो । उपल्लो मुस्ताङमा गएको असोज अन्तिम हप्तादेखि नै चिसो बढ्न थालेको थियो ।

अहिले मुस्ताङको तापक्रम दिनप्रतिदिन घट्दै गैरहेको छ । चिसो छल्न बेंसी झरेका मुस्ताङीहरु माघ महिनासम्म मध्य नेपालको विभिन्न जिल्लासहित छिमेकी देश भारतसम्म पुगेर घुम्ती व्यापार गर्ने गर्दछन् ।

उनीहरुले मुस्ताङमा उत्पादित दैनिक उपभोग्य एवं चिनिया सामानहरु समेत बिक्री गर्छन् । चिसो छल्न बेंसी झरेका मुस्ताङीहरु गर्मीयाम सुरु भएपछि फागुन, चैत महिनामा मात्रै जिल्ला फर्किन्छन् ।

About असल खबर

Check Also

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै

गोरखा, १० वैशाख । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *