एकै परिवारका तीन जना नेपालीको न्यु योर्कमा आएको बाढीमा परि ज्यान गयाे

एकै परिवारका तीन जना नेपालीको न्यु योर्कमा आएको बाढीमा परि ज्यान गयाे
Share this

असल खबर -अमेरिकाको न्यु योर्कमा आएको बाढीमा परि तीन जना नेपालीको ज्यान गएको छ ।
न्यु योर्कमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवारका तीन जनाको ज्यान गएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए) ले जनाएको छ ।
बाढीका कारण आङ गेलु लामा, उहाँकी श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको ज्यान गएको हो एसोसिएशनले जनाएको छ ।
अमेरिकाको उत्तर–पूर्वी राज्यहरुमा आइडा आँधीका कारण आएको भीषण वर्षाका कारण बाढी आएको छ । बाढीका कारण न्यु योर्क र न्यु जर्सी सबैभन्दा धेरै प्रभावित भएका छन् ।
बाढीमा परेर अहिलेसम्म ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाले पनि उनीहरुकाे ज्यान गएकाे पुष्टि गरेकाे छ।

अन्तिम अपडेट: 2021-September-03 समय 9:42 AM

241 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com