जेठयता बाढी पहिराेका कारण १ सय १६ जनाको ज्यान गयाे

जेठयता बाढी पहिराेका कारण १ सय १६ जनाको ज्यान गयाे
Share this

असल खबर -देशका विभिन्न भू -भागमा गएको बाढी, पहिरो तथा डुबानमा परि गएको जेठ ३० यता १ सय १६ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीपहिरोमा परि ४४ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बाढीपहिरोमा परेका एक हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
बाढीको कारण तीन हजार १ सय ८२ घर डुबानमा परेका, ९ सय ७८ घर, १ सय ६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३ सय ३ वटा पशु मरेका छन् ।
यसै अवधिमा भएका जम्मा एक हजार ३ सय ४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका छ हजार १ सय ११ मानिस विस्थापित भएका छन् ।

अन्तिम अपडेट: 2021-September-04 समय 8:44 AM

262 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com