मुग्लिन-नौबिसे सडक अवरुद्ध जोगीमारामा पहिरो खस्दा

मुग्लिन-नौबिसे सडक अवरुद्ध जोगीमारामा पहिरो खस्दा
Share this

असल खबर-पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ। पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा मंगलबार बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनको भनाइ छ।    रासस

अन्तिम अपडेट: 2021-September-07 समय 9:23 AM

100 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media