पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल, तीन खेलाडीको डेब्यू

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल, तीन खेलाडीको डेब्यू
Share this

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय नेपालले  बलिङ गर्ने भएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको हो।​

पीएनजीले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो। खेल नेपाली समय अनुसार विहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।  दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल भने शुक्रबार हुनेछ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो। नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, विक्रम शोब, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ र आरिफ शेख छन्।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण आजको खेल गुमाउने छन्। नेपालको टोलीबाट आशिफ, कुशल भुर्तेल र बिक्रमले एकदिवसीयमा   डेब्यू गर्न लागेका हुन्।

नेपालले १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो।

अन्तिम अपडेट: 2021-September-07 समय 11:26 AM

61 पटक पढिएको
Share this