अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वतखण्ड बिहीबार सञ्चालनमा आउने

अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वतखण्ड बिहीबार सञ्चालनमा आउने
Share this

असल खबर-भीषण वर्षापछि आएका पहिरोले भदौ १७ गते अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतखण्ड बिहीबार सञ्चालन हुने सम्भावना रहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीका अनुसार बिहीबार एकतर्फी भए पनि सडक सञ्चालनमा आउने गरी काम भइरहेको बताउनु भयो। कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–५ पातीचौरसम्म साढे ८ किलोमिटर सडकको २० ठाउँमा पहिरो झरेको थियो।
मौसममा केहि सुधार आएपछि भदौ १९ बाट ७ वटा एक्स्काभेटरसहित प्रहरी, सेना र सशस्त्र प्रहरी बलसमेत परिचालन गरेर पहिरो पन्छाउने तथा सडक नै बगेर गएको ठाउँमा ट्र्याक बनाउने काम भइरहेको छ।
जतिसक्दो छिटो सडक सञ्चालन गर्न मध्यपहाडीको पर्वतखण्डमा काम गरिरहेको लामा कन्स्ट्रक्सनले ७ वटा एक्स्काभेटर पातीचौर र चुवा गरी दुवैतर्फ प्रयोग गरेको थियो। लगातारको प्रयासबाट साढे ८ किलोमिटरको सबै ठाउँमा एकतर्फी सवारी चल्नसक्ने बनाइएको छ।
सबैभन्दा बढी सडक बिग्रिएको मोदी गाउँपालिका–५ भ्याप्लेमा मंगलबार र बुधबार दुई दिन काम भइरहेको छ। माथिबाट आएको पहिरोसँगै विशाल ढुंगासमेत सडकमा रहेकाले मंगलबार २९ वटा प्वाल बनाएर ढुंगा विस्फोट गराइएको र बुधबार करिब १६/१७ वटामा प्वाल पारी विस्फोट गर्ने तयारी छ।

डिएसपी बुढाथोकीले भ्याप्लेको सडकमा रहेको विशाल ढुंगा विस्फोट गराएर एक्स्काभेटर लगाइ बाटो सफा गरेपछि अवरुद्ध रहेको मध्यपहाडीको पर्वतखण्ड सञ्चालनमा आउने बताए।
२० वटा पहिरोमध्ये सबैभन्दा समस्या रहेको नै भ्याप्लेमा हो। सफा गर्दै जाँदा मंगलबार दिउँसो नै
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका कार्यालय प्रमुख इन्जिनियर मेघराज मरासिनीका अनुसार पहिरोका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्गमा ठूलो क्षति पुगेको छ। लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त सडक हस्तान्तरण नगर्दै ठूलो क्षति भएको हो।
सडकका सबै संरचना निर्माण गर्दा २५–३० करोड रूपैयाँ लाग्ने पूर्वानुमान गरिएको मरासिनीले बताए। मापदण्डअनुसारकै सडक निर्माण गर्न ठूलो रकम लाग्ने भएकाले आयोजना प्रभावित हुने देखिएको छ।

अन्तिम अपडेट: 2021-September-08 समय 7:01 PM

237 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com