कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि सर्‍यो

कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि सर्‍यो
Share this

असल खबर -नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । प्रदेश तथा केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको हो । संशोधित कार्यतालिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनेछ ।
पालिका अधिवेशन ९ असोज, प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोज र एकभन्दा बढि प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अविधेशन १८ असोजमा गर्ने संशोधित कार्यतालिकामा उल्लेख छ ।
१८ भदौबाट कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी २० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन ।
कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने यथावत् रहेको निर्वाचन समितिले जनाएको छ ।

अन्तिम अपडेट: 2021-September-10 समय 7:00 PM

206 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com