एक हप्ता अझै मनसुन कमजोर हुने

एक हप्ता अझै मनसुन कमजोर हुने
Share this

असल खबर-जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको एक हप्ता मनसुन कमजोर हुने जानेको छ।
मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने काठमाण्डौ उपत्यका लगाएत आसपासका क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ । देशका अरु भू भागमा मौसम भने सामान्य बद्ली भएर कहिँ कतै हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो ।
केही दिन लगातार पानी वा झरी पर्ने सम्भावना तत्कालको लागि नदेखिए पनि कहिलेकाहीँ स्थानीय रुपमा मौसमी प्रणाली विकसित हुन सक्ने भएकाले पानी पर्न सक्छ । लगातार झरी नपर्ने भएकाले अबको केही दिन गर्मी बढ्ने महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा आज २८ देखि ३० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ । देशका अरु ठाउँमा पनि तुलनात्मक रुपमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ।

अन्तिम अपडेट: 2021-September-12 समय 8:17 AM

99 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media