महिला फुटबलमा आज नेपाल र बंगलादेशबीच दोस्रो खेल खेल्दै

महिला फुटबलमा आज नेपाल र बंगलादेशबीच दोस्रो खेल खेल्दै
Share this

असल खबर-आज नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
दुवै टोली यति बेला महिला एसियन कप छनोटको तयारीमा छन् । त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यस भन्दा पहिले बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो भने नेपालका दुई डेब्युटान्ट सबिना राना र प्रिती राईले डेब्यु गोल गर्दै नेपाललाई जिताएका थिए ।नेपाल र बंगलादेशस दुवै टिम एसियन कप छनोट खेल्न न्युट्रल भेन्यु उज्वेकिस्तान जाँदैछन् । त्यसअघि यही मैत्रीपूर्ण खेलमा मार्फत टिममा रहेको गल्तीहरु सुधार गर्ने दुवै टिमले अपेक्षा राखेका छन् ।
छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले सेप्टेम्बर १८ असोज २ मा फिलिपिन्स र सेप्टेम्बर २१ असोज ५ मा हङकङसँग खेल्नेछ । यस समूहको विजेता बने नेपाल अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।
बंगलादेश छनोटको समूह ‘जी’ मा छ । यस समूहमा जोर्डन र इरान छन् ।

अन्तिम अपडेट: 2021-September-12 समय 8:33 AM

32 पटक पढिएको
Share this