थारु समुदायहरुको आज अटवारी पर्व

थारु समुदायहरुको आज अटवारी पर्व
Share this

असल खबर-आज अटवारी पर्व थारु समुदायले मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यस पर्व मनाउने गर्दछन् ।
अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाडको रुपमा मनाउने गरिन छ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यस पर्व मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् ।
यस पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ । दिदीबहिनीका लागि छुट्याइएको भागलाई अग्रासन भनिन्छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।
नेपाली कांग्रेस दाङका नेता योगेन्द्र चौधरी दाजुभाइ-दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने बताउँछन् । ‘दिदीबहिनी, दाजुभाइ र छिमेकीको बीचमा माया, ममता, सदभाव र भातृत्व जगाउने पर्वको रुपमा अटवारीलाई लिइन्छ,’ चौधरीले भने ।

अन्तिम अपडेट: 2021-September-12 समय 8:45 AM

102 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media