मोटरबाइकको भाइब्रेसनले बिगार्न सक्छ आईफोनको क्यामेरा

मोटरबाइकको भाइब्रेसनले बिगार्न सक्छ आईफोनको क्यामेरा
Share this

असल खबर – यदि तपाईं आफ्नो मोटरबाइकको लागि आईफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने यो खबर सुखद नहुन सक्छ ।

हालै एप्पलले एक सूचना जारी गर्दै मोटरबाइकको इन्जिनले पैदा गर्ने हाई एम्प्लिट्युड भाइब्रेसनले आईफोनको क्यामेरा खराब गर्नसक्ने जनाएको छ ।

यस्तो भाइब्रेसन बाइकको ह्यान्डलमार्फत प्रसारण भएर बाइकमा राखिएको आईफोनको क्यामेरालाई असर गर्ने कम्पनीले बताएको हो ।

पछि बनाउन नमिल्ने गरेर फोनको क्यामेरा बिग्रन सक्ने कम्पनीको भनाइ छ ।

बाइकको ह्यान्डलमा फोन राखेर विशेषगरी नेभिगेसनका लागि प्रयोग गर्ने धेरैजसो आईफोन प्रयोगकर्ताको क्यामेरा बिग्रेको पुष्टि भएको छ ।

अहिले आएर एप्पलले यस विषयमा प्रयोगकर्तालाई सावधानी अपनाउन सूचना किन जारी गर्‍यो भन्ने कुराको कुनै कारण नदिए पनि कसरी यस्तो समस्या आउँछ भन्ने विषयमा एप्पलले सूचनामा खुलाएको छ ।

कम्पनीका अनुसार लामो समयसम्म हाई एम्प्लिट्युड भाइब्रेसनको सम्पर्कमा आउँदा फोनको क्यामेरा अप्टिकल इमेज स्टेबलाइजेसन र क्लोज लुप अटोफोकसमा समस्या आउँछ ।

यसर्थ एप्पलले प्रयोगकर्तालाई हाई पावर अथवा हाई भोल्युम इन्जिन भएका मोटरसाइकलमा आईफोन ह्यान्डलमा राखेर प्रयोग नगर्न अनुरोध गरेको छ । साभार :  टेक पाना 

अन्तिम अपडेट: 2021-September-12 समय 3:31 PM

36 पटक पढिएको
Share this