आठ प्रतिशतमा झर्‍याे सङ्क्रमण दर

आठ प्रतिशतमा झर्‍याे सङ्क्रमण दर
Share this

असल खबर-नेपालमा कोरोना सङ्क्रमणको दर १० प्रतिशतभन्दा तल उरालो लागेको छ । काेराेना महामारीको दोस्रो लहर सुरु भएदेखि पहिलो पटक आज सङ्क्रमण दर १० प्रतिशतभन्दा तल ८ दशमलव २६ प्रतिशतमा झरेको हो ।बितेको २४ घण्टामा एन्टिजेन र पीसीआर गरी ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा नाै सय ११ जनामा सङ्क्रमण देखिएको छ । दैनिक एक हजारभन्दा कम सङ्क्रमित भेटिएको आज दोस्रो दिन हो । करिब पाँच महिनापछि हिजो शनिवार पनि एकै दिन सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या एक हजारभन्दा कम थियो ।
आज थपिएका सहित नौ सय ११ जनासहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६३ हजार आठ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै थप एक हजार चार सय २३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३९ हजार चार सय ५७ पुगेको छ ।
सोहि अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएकाे छ । याेस सँगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ४९ पुगेको छ ।
हाल नेपालमा २६ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ५४ जनाको आईसीयू र एक सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले छ ।

अन्तिम अपडेट: 2021-September-12 समय 4:55 PM

50 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media