फागुन १३ मा पक्कै रिलिज होला त् ‘लप्पन छप्पन २’

फागुन १३ मा पक्कै  रिलिज होला त्  ‘लप्पन छप्पन २’
Share this

असल खबर-चलचित्र लप्पन छप्पन २ ले फेरि शिवरात्रीलाई नै प्रदर्शनका लागि रोजेको छ।गएको बर्षको शिवरात्रीमा
पनि रिलिज हुन नसकेको चलचित्रलाई निर्माणपक्षले नयाँ बर्षको वरपर रिलिज गर्ने तयारी गरेको थियो ।यद्दपी यस मितिमा पनि चलचित्र रिलिज हुन सकेन र पोष्टपोन्ड भयो ।
निर्देशक मुकुन्द भट्टले सामाजिक संजालबाट फागुणको १३ गते चलचित्र रिलिज हुने बताएका छन् । चलचित्रको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । शिवरात्री नेपाली चलचित्रका लागि आसा लाग्दो समय मानिन्छ । त्यसैले यस मितिमा चलचित्र रिलिज गर्न निर्माताहरु तछाडमछाड गर्छन् ।
चलचित्र ‘लप्पन छप्पन २’मा अर्पण थापा, अनुप विक्रम शाही, सौगात मल्ल, शक्ति श्रेष्ठ आदि कलाकारको अभिनय देख्न सकिने छ । एक्सन केन्द्रित यस चलचित्रलाई यूरोपका विभिन्न देशमा खिचिएको छ ।बारम्बार चलचित्रको प्रदर्शन मिति तोकिएपनि रिलिज हुन नसक्दा निर्माणपक्षलाई समस्या भैसकेको छ । निर्देशक भट्ट यो चलचित्र रिलिज गरेर अर्को चलचित्र ‘एक्स ९’को छायांकन सुरु गर्न चाहन्छन् । अब, तोकिएको मितिमै यो चलचित्र रिलिज होला त ? प्रतिक्षा गरौ ।

 

अन्तिम अपडेट: 2021-September-12 समय 6:46 PM

29 पटक पढिएको
Share this