नेपालले आज त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृङ्खलामा अमेरिकासँग खेल्दै

नेपालले आज त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृङ्खलामा अमेरिकासँग खेल्दै
Share this

असल खबर-आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला सुरु हुँदैछ ।
नेपालले दिउँसो सवा ४ बजे अमेरिकासँग ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल्ने छ । यसअघि पपुवा न्युगिनीसँग भएका दुवै खेल जितेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।
लिगमा नेपाल ४ खेलमा ४ अङ्क जोडर नेपाल छैठाैं स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । नेपालले दोस्रो खेलमा भोलि ओमानसँग खेल्नेछ । यस्तै, तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

अन्तिम अपडेट: 2021-September-13 समय 8:07 AM

35 पटक पढिएको
Share this