तालिबानले बनाए नयाँ नियम छात्र र छात्रा सँगै बस्न नपाउने

तालिबानले बनाए नयाँ नियम छात्र र छात्रा सँगै बस्न नपाउने
Share this

असल खबर-तालिबानलेअफगानिस्तानको सत्ता सम्हालेको छात्राहरुका लागि नयाँ नियम बनाएको छ । यस भन्दा पहिले महिलाहरुको अधिकार र समानताका लागि ऐबद्धता जनाएको तालिबानले विद्यालयमा छात्राहरुलाई छात्रहरुसँग बस्न नपाउने नियम बनाएको छ ।
उच्च शिक्षा मन्त्र अब्दुल बकी हक्कानीले महिलालाई अध्ययनका लागि अनुमति दिने तर पुरुषसँग बस्न नपाउने बताउनु भएको छ । उहाँले विद्यार्थीले पढ्ने विषयको समेत समीक्षा गरिने बताउनु भएको छ । त्यसतै , उच्च शिक्षा लिने महिला विद्यार्थीका लागि इस्लामी पोसाक अनिवार्य गरिएको छ ।
महिला विद्यार्थीले शरीर पूरै ढाक्ने बुर्का लगाउनु पर्ने छ । त्यस्तै, पुरुष शिक्षकले पर्दा पछाडि बसेर महिलाहरुलाई पढाउनु पर्ने तालिबानले बताएको बीबीसीले जनाएको छ । महिलाहरुलाई सरिया कानुन अनुसार अध्ययनका लागि अनुमति दिने तालिबानले स्पष्ट पारेको छ ।
यसअघि तालिबानले आफ्नो शासनकालमा महिलालाई उच्च शिक्षामा रोक लगाएको थियो । सन् १९९६ देखि २००१ को बीचमा अफगानिस्तानमा तालिबानको शासन थियो । त्यतिबेला महिलालाई उच्च शिक्षामा तालिबानले रोक लगाएको थियो भने जागिर गर्न र एक्लै घर बाहिर निस्कन पनि रोक लगाएको थियो ।  एजेन्सी 

अन्तिम अपडेट: 2021-September-13 समय 8:27 AM

29 पटक पढिएको
Share this