कृष्ण बस्यालको “कस्तो मन रैछ” सार्वजनिक

कृष्ण बस्यालको “कस्तो मन रैछ” सार्वजनिक
Share this

पोखरा ।  माया प्रेम संग सम्बन्धित एकल गीत “कस्तो मन रैछ” मा रमेश सार्थक र बिग्यान न्यौपानेको स्वर रहेको छ । उक्त गीतमा शब्द ,संगीत कृष्ण बस्यालको रहेको छ ।

कृष्ण बस्याल को शब्दमा सजिएका अरु चर्चित गित बन्की चरी,सिमलैमा मैना आदि सार्बजनिक भएका छन् । “सर्त ” नामको एल्बम बाट गीत संगीतमा लागेका रमेश सार्थकको यो भने दोश्रो गीत हो । बाग्लुङ को जैमिनी नगरपालिका 7 जैदिमा जन्मिएका सार्थक लोक दोहोरिमा भिज्दै गरेका कलाकार हुन ।

यता गाएन छेत्रमा प्रवेश गरेका अर्का गाएक बिग्यान न्यौपानेको भने यो गीत पहिलो हो । माया प्रेम मा आधारित गीत कृष्ण बस्यालको आधिकारिक युटुब च्यानल बाट सार्बजनिक भएको हो । स्टुडियो :सारङ्गीमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज भने कुमार सिन्जाली मगरले गरेका हुन् । गितको भिडियोमा रमेश सार्थक र बिग्यान न्यौपानेको अभिनय रहेको छ भने मादलमा माधब ज्ञवाली र मुरलीमा बरिस्ठ शंकर रहेका छन् ।

अन्तिम अपडेट: 2021-September-13 समय 3:57 PM

46 पटक पढिएको
Share this