आज ठूलो पानी नपर्ने माैसम विभागकाे अनुमान

आज ठूलो पानी नपर्ने माैसम विभागकाे अनुमान
Share this

असल खबर-माैसम विभागकाे अनुमान आज ठूलाे पानी नपर्ने बताउनु भएको छ । देशका धेरै भू भागमा गएराति नै पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार भारतको उत्तर प्रदेशमा बनेको निम्न चापीय प्रणालीका कारण अहिले पनि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ ।
धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि आज ठूलो पानी भने नपर्ने उहाँले जानकारी दिनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया बद्ली रहने मौसमविद् बासीले बताउनुभयो । उहाँका अनुसार दिउँसो केहीबेर मौसम खुले पनि फेरि बद्ली हुने सम्भावना छ ।

अन्तिम अपडेट: 2021-September-15 समय 9:13 AM

29 पटक पढिएको
Share this